logo

२०८३ साउन १३ बुधबार

बीमा रकम पाउने उद्देश्यले आफ्नै टिपरमा आगो लगाउने तीनजना पक्राउ

बीमा रकम पाउने उद्देश्यले आफ्नै टिपरमा आगो लगाउने तीनजना पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, ३१ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । बीमा रकम पाउने उद्देश्यले आफ्नै टिपरमा आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बीमा रकम लिन आफ्नै टिपरमा आगो लगाउने रामेछापको मन्थली नगरपालिका–१२ घर भई काठमाडौं कोटेश्वर बस्ने वर्ष ३४ का प्रदीपकुमार खत्री, सोही स्थानमा घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने वर्ष ३३ का भिमसेन खत्री र सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई हाल ललितपुरको टिकाथली बस्ने वर्ष २५ को रंग बहादुर बुढाक्षेत्रीलाई पक्राउ गरेको हो ।

    कुमार खत्रीको योजना बमोजिम रंगबहादुर बुढाक्षेत्री र भिमसेन खत्रीसमेतको मिलोमतो र संलग्नतामा टिपरमा यही साउन १२ गते राति पेट्रोल छर्किएर आगो लगाएका थिए ।

    त्यसपछि दिउँसो प्रहरी वृत्त चापागाउँ ललितपुरमा गएर आगो लगाउने अपरिचित व्यक्तिहरुको खोजतलास गरी कारबाही गर्नुका साथै बीमा प्रयोजनार्थसमेत आवश्यक सिफारिस गरी पाउँ भनि प्रदीप कुमार खत्रीले निवेदन दिएका थिए ।

    निवेदनमा शंका लागि अनुसन्धान गर्दै जाँदा बीमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गरी अपराधिक उपद्रव गरेको देखिएको प्रहरीले जनाएको छ यस कार्यमा संलग्न तीनै जनालाई पक्राउ गरी अपराधिक उपद्रव कसुरमा ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend