logo

२०८३ साउन १३ बुधबार

उपप्रधानमन्त्री श्रेष्ठद्वारा तेक्वान्दो टोलीलाई शुभकामना

उपप्रधानमन्त्री श्रेष्ठद्वारा तेक्वान्दो टोलीलाई शुभकामना


हाम्रो राष्ट्र
  • बुधबार, ३१ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वल्र्ड तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना दिएका छन् ।

    बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आगामी भदौ १ देखि १० गतेसम्म काजकिस्तानको अस्तानामा हुने प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई शुभकामना दिएका हुन् ।

    प्रतियोगितामा विभिन्न तौल समूहमा चार खेलाडी सहभागी हुँदैछन् । ९३ देशका नौ सय बढी खेलाडी प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

    प्रतियोगितामा रुविका खड्का (तौल समूह ४७), सुस्मिता थापा (५२), पुकार केसी (६४) र अजय बुढामगर (तौल समूह ७०)मा सहभागी हुँदैछन् । नेपाली टोलीमा अम्पायर अन्जन धमला, कोच रुपसिंह मोक्तान तथा अफिसियल धनबहादुर थापा र विक्रम बुढामगर सहभागी हुने बताइएको छ ।

    सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले खेलाडी राष्ट्रको गौरव भएको र खेलकुद क्षेत्रले राष्ट्रिय एकताको सन्देश दिने बताए । सरकारले आवश्यक नीति र योजना बनाएर खेल क्षेत्रलाई विशेष प्राथमिकता दिने उनको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend