logo

२०८३ साउन १४ बिहिबार

अनुसन्धान अधिकृत सरुवा गर्न खोजेर नक्कली शरणार्थी र ललिता निवास प्रकरणलाई प्रभावित पार्न खोजियोः अध्यक्ष लिङ्देन

अनुसन्धान अधिकृत सरुवा गर्न खोजेर नक्कली शरणार्थी र ललिता निवास प्रकरणलाई प्रभावित पार्न खोजियोः अध्यक्ष लिङ्देन


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी र ललिता निवास प्रकरणमा ठूला दलले मिलोमतो गरेका आरोप लगाएका छन् ।

    बिहीबार सामाजिक संजालमार्फत अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुुन लागेको भनिएकै बेला काले काले मिलेर खाउँ खाउँ भाले भन्ने टुङ्गो लाग्न थालेको बताएका हुन् । उनले अनुसन्धानलाई प्रभावित पार्न अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई सरुवा गर्न खोज्नु त्यसैको उदाहरण भएको बताए ।

    उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रारम्भ हुुन लागेको भनिएकै बेला काले काले मिलेर खाउँ खाउँ भाले भन्ने टुङ्गो लाग्यो रे ? अब नियमित जस्तो बनाएर अनुसन्धानमा संलग्न मुख्य मुख्य प्रहरी अधिकृतहरुलाई सरुवा गर्ने र हस् हजुरलाई ल्याएर बाँकी काम फासफुस पार्ने टुंगो लाग्यो रे ? के यो सत्य हो ? होस गरेस्, हामी जागा छौँ अब कुनै आवरणमा पनि भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउनु हुन्न!’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend