logo

२०८३ साउन १३ बुधबार

सन्दीपविरुद्धको मुद्दामा ‘गौशाला २६’की आमाको जन्ममिति प्रमाणित गर्न अदालतको आदेश

सन्दीपविरुद्धको मुद्दामा ‘गौशाला २६’की आमाको जन्ममिति प्रमाणित गर्न अदालतको आदेश


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाला किशोरी(गौशाला २६)की आमाको उमेर प्रमाणित गर्न आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर दोहोरो भएको पाइएपछि प्रमाणित गर्न आदेश दिएको हो । न्यायाधीश खतिडवाले पीडित किशोरीकी आमाको जन्ममिति २ खालको देखिएको भन्दै प्रमाणीकरण गर्ने आदेश दिएका हुन् ।

    बलात्कार पीडित भनिएकी नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणि गर्न भन्दै न्यायाधीश खतिवडाले आदेश दिएका हुन् ।

    सन्दीप विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। तर बिहीबार पेसी चढेकाले निरन्तरता पाउने बताइए पनि जन्ममिति प्रमाणित गर्न आदेश दिँदै सुनुवाइ सकिएको छ ।

    क्रिकेटर लामिछानेविरुद्ध गौशालास्थित एक होटलमा किशोरी बलात्कार गरेको अभियोगमा मुद्दा परेको थियो । यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend