logo

२०८३ साउन १४ बिहिबार

हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा प्राधिकरण अब १२ बजेपछि उडान गर्न दिन तयार

हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा प्राधिकरण अब १२ बजेपछि उडान गर्न दिन तयार


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णाली प्रदेशमा हवाई उडानमा लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरण कर्णाली प्रदेशमा मध्यान्ह १२ बजेपछि हवाई उडानमा रोक लगाउने निर्णयबाट पछि हटेको हो ।

    प्राधिकरणले साउन १२ गते हवाई सुरक्षालाई मध्यनजर गर्दै मध्यान्ह १२ पछि हिमाली तथा पहाडी क्षेत्रमा व्यावसायिक तथा चार्टर्ड उडानमा रोक लगाएको थियो ।

    अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीएमसी (भिजिबिलिटी एन्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) कायम भएको सुनिश्चिततापछि प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापछि उडान अनुमति दिने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले दिउँसोको समयमा हवाई उडानमा रोक लगाउने निर्णय गरेपछि कर्णालीमा चौतर्फी विरोध भएको थियो । प्राधिकरणको नयाँ नियमले दिउँसोको समयमा जहाज तथा हेलिकोप्टर उडानमा रोक लाग्दा हुम्लामा चार बालकले ज्यान गुमाएका थिए भने बिरामी, सुत्केरी, खाद्यान्न र निर्माण सामग्री ढुवानीमा असर परेको थियो ।

    बुधबार कर्णाली प्रदेशका सांसद तथा सरोकारवालाहरूले पर्यटनमन्त्री सुदन किराँती र महानिर्देशक प्रदीप अधिकारीसँग सघन छलफल गरेपछि प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend