logo

२०८३ साउन १३ बुधबार

डेब्यु खेलमै साम्बाको गोल

डेब्यु खेलमै साम्बाको गोल


हाम्रो राष्ट्र
  • शुक्रबार, १ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको स्ट्राइकर साबित्रा भण्डारी (साम्बा)ले इजरायली क्लबबाट डेब्यु गरेकी छिन् । हापोएल रानानाबाट नयाँ सिजनको पहिलो खेलमै डेब्यु गर्दा साबित्राले गोल गरेकी छिन् भने टोलीले पनि विजयी सुरुवात गरेको छ । अथेना कपको दोस्रो चरणमा हापोएल रानानाले हादेरलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

    जसमा हापाएलका लागि साबित्रा र आदि गोल्डेनले एक एक गोल गरेका छन् । पहिलो गोल गोल्डेनले गर्दै रानानालाई अग्रता दिलाएकी थिइन् । पहिलो गोलमा साम्बाले एसिस्ट गरेकी थिइन् । त्यसपछि टिमका लागि दोस्रो तथा डेब्यु गोल साबित्राले गरिन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend