logo

२०८३ साउन १४ बिहिबार

प्रहरीको भ्यानबाट हत्कडीसहित भागेका थुनुवा पक्राउ

प्रहरीको भ्यानबाट हत्कडीसहित भागेका थुनुवा पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, १७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    जनकपुरधाम । धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर हत्कडीसहित भागेका बलात्कारका अभियुक्त तीन दिनपछि पक्राउ परेका छन् । गत आइतबार साँझ धनुषाको सहिदनगर नगरपालिका ३ स्थित यदुकुहा र सशस्त्र क्याम्पबीचको नहरमा हामफालेर भागेका २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    मंगलबार मध्यराति जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकन्नदनी गाउँपालिका १ ईनर्वास्थित भारतीय सीमा नजिक भारततर्फ जान लागेको र लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    बलात्कार आरोपमा पक्राउ परेका मुखियालाई दोस्रोपटक म्याद थप गरी लैजाँदै गर्दा थुनुवा गाडीमा सुरक्षार्थ खटिएका ६ प्रहरी कर्मचारीविरुद्ध प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend