logo

२०८३ साउन १४ बिहिबार

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनोट

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक छनोट


हाम्रो राष्ट्र
  • शनिबार, २ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिएको छ । उत्कृष्ट पाँच पुस्तकमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य अटाएका छन् ।

    अब यी पाँच मध्येबाट एउटा पुस्तक पद्मश्री पुरस्कारका लागि छनोट गरिने खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि क्रमशः तीन चरणमा कृतिहरू सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको थियो ।

    २०७९ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिहरूको विस्तारित सूची यसअघि सार्वजनिक गरिएको थियो । विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्यांकन गरी पाँचवटा कृतिहरूलाई संक्षिप्त सूचीमा राखेको हो ।

    पद्मश्री पुरस्कारको संक्षिप्त सूचीमा परेकामध्ये इजोरिया, ऐठन, मफलर र शून्यको मूल्य शिलापत्रको वर्षपुस्तक २०७९ मा पनि छानिएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend