logo

२०८३ साउन १४ बिहिबार

भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने

भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने


हाम्रो राष्ट्र
  • शनिबार, २ भाद्र २०८०
  • 1.2K
    SHARES

    मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा बायो ग्यास उत्पादन गरिने भएको छ। आगामी असोजको अन्तिम साताबाट कारागारबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गरिने कारागार प्रशासनले जनाएको छ।

    यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको छ। भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्यसहित काम अघि बढाइएको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए।

    बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०/८१ का लागि ३० लाख अनुदान रकम उपलब्ध गराइएको छ।

    बायो ग्यास उत्पादन गर्ने क्रममा विभिन्न उपकरणको खरिद गरी जडान गर्न सो अनुदान रकम खर्च गरिने कारागारका जेलर पौडेलले जानकारी दिए।

    कारागारबाट निस्कने फोहर सिधै भूमिगत पाइपबाट भीमफेदीका विभिन्न खोलामा मिसाउने गरिएको थियो। कारागारमा उत्पादन हुने वायु ग्यास कारागारमै खपत गरिनेछ। भीमफेदी कारागारमा हाल एक हजार ७० जना कैदीबन्दी छन्। तीमध्ये ३१ जना महिला  छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend