logo

२०८३ असोज ७ बुधबार

प्रिमियर लिगमा सिटीको जित, म्यानचेस्टर युनाइटेड पराजित

प्रिमियर लिगमा सिटीको जित, म्यानचेस्टर युनाइटेड पराजित


हाम्रो राष्ट्र
  • आइतबार, ३ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, टोटनह्याम र लिभरपुल विजयी भएका छन् । म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

    गएराति भएको खेलमा सिटीले न्युक्यासललाई १–० गोलले हराउँदै तीन अङ्क जोडेको छ । उसको दुई खेलमा ६ अङ्क भएको छ । त्यस्तै, गएराति नै भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले हराएको छ । टोटनह्यामले दुई खेलमा ४ अङ्क जोडेको छ ।

    उसले पहिलो खेलमा ब्रेन्टफोर्डसँग दुई गोलको बराबरी खेलेको थियो । त्यस्तै अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ३–१ गोलले पराजित गरेको छ । उसले दुई खेलमा ४ अङ्क जोडेको छ । त्यस्तै, ब्राइटनले उल्भ्सलाई ४–१ गोलले हराउँदा ब्रेन्टफोर्डले फुलह्यामलाई ३–० गोलले हराएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend