काठमाडौँ । एसिया कपका लागि भारतले आफ्नो टोली घोषणा गरेको छ । सोमबार रोहित शर्माको कप्तानीमा भारतीय टोली घोषणा गरिएको हो ।
१७ सदस्यीय टोलीमा शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र सन्जु सेमसन भारतीय टोलीमा छन् । एसिया कपका लागि भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्नेछन् । हार्दिक पाण्डेय भने उपकप्तान छन् । अगस्ट ३० मा सुरु हुने एसिया कप अन्तर्गत भारतको पहिलो खेल पाकिस्तानसँग हुनेछ ।
एसिया कपमा भारत र पाकिस्तानसँगै श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेपालले प्रतिस्पर्धा गर्नेछन् । नेपालले भने एसिया कपका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend