logo

२०८३ साउन १४ बिहिबार

सीआईबीले पूर्वमन्त्री जोशीसँग लियो बयान

सीआईबीले पूर्वमन्त्री जोशीसँग लियो बयान


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीसँग प्रहरीले सोमबार साँझ बयान लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पूर्वमन्त्री जोशीसँग सोमबार साँझ बयान लिएको हो ।

    सोमबार दिउँसो बयान दिन आफैं पुगेका मन्त्री जोशीलाई बयान नलिई फर्काइएको थियो । जोशीले सामाजिक संजालमार्फत आफूलाई बयान नलिई फर्काएको बताएपछि साँझ बयान लिएको हो ।

    बयानपछि उनले भनेका छन्, ‘अन्ततः बोझबाट हलुका भएको छु । सीआईबी समक्ष बयान दिएर अइयो । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाई सार्वजनिक नै छ । चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु ।’

    सोमबार दिउँसो जोशीले सामाजिक संजालमा लेखेका थिए, ‘पहिलो पटक सिआईबी प्रमुख आफैंले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरि अहिले नआउनु भनि खबर आयो । आज फेरि बोलाए बमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिएँ । तर बयान नलिइ फेरि बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुइँन ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend