logo

२०८३ साउन १४ बिहिबार

आईएसएफ यू–१५ जिम्न्यासाइडमा कार्कीलाई स्वर्ण

आईएसएफ यू–१५ जिम्न्यासाइडमा कार्कीलाई स्वर्ण


हाम्रो राष्ट्र
  • बुधबार, ६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्णपदक जितेका छन् । ब्राजिलको रियो डि जेनेरियोमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा उनले आयोजक ब्राजिलका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

    निश्चितले फाइनलमा १० अंकको खेलमा ७.४ अंक जोड्दा प्रतिद्वन्दी बाजिलका खेलाडीले ७.१ अंक मात्र प्राप्त गर्न सके । यसअघि निश्चितले सेमिफाइनलमा मेक्सिकोका खेलाडीलाई हराएका थिए । मेक्सिकोका खेलाडीले ६.८ अंक जोड्दा निश्चितले ७.४ अंक प्राप्त गरेका थिए ।

    मंगलबार भएको गर्ल्स थ्री अन थ्री बास्केटवलमा नेपाली टोलीले अंगोलालाई १५–० ले पराजित गरेको छ । सो खेलमा नेपालकी आर्या पौडेलले सर्वाधिक ५ अंक जोडिन् । आर्या सहित ओजोस्वी श्रेष्ठ, आरुशा शाक्य र संयमी घिमिरेले प्रतिस्पर्धा गरेका थिए । जितसँगै ११ राष्ट्रले प्रतिस्पर्धा गरेको गर्ल्स वास्केटबलमा नेपालले नवौं स्थानमा रह्यो ।

    ब्वाइज थ्री अन थ्री वास्केटबलमा नेपाल ‘ए’ ले ब्राजिललाई ७–६ स्कोरले तथा मेक्सिकोलाई १०–६ ले हरायो । अर्को खेलमा भने कोस्टारिकासँग ९–८ ले पराजित हुनपुग्यो । अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आईसी)को आयोजनामा हरेक दुई वर्षमा आयोजना हुने यो १५ वर्ष उमेर समूहको ‘मिनी ओलम्पिक’ प्रतियोगिता हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend