logo

२०८३ असोज ७ बुधबार

टी–२० शृङ्खलामा नेपालको लगातार दोस्रो जित

टी–२० शृङ्खलामा नेपालको लगातार दोस्रो जित


हाम्रो राष्ट्र
  • बुधबार, ६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । चार देश सम्मिलित टी–२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले हराएको छ । नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्यो ।

    कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी विष्टले १/१ विकेट लिइन् । यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् ।

    बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् । शनिबारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले बिहीबार घरेलु टोली मलेसियासँग खेल्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend