logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपतिसँग जापानी सांसदहरुको भेटवार्ता

राष्ट्रपतिसँग जापानी सांसदहरुको भेटवार्ता


हाम्रो राष्ट्र
  • बिहिबार, ७ भाद्र २०८०
  • 819
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानको संसद्को माथिल्लो सदनका सांसदहरू साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्यसमेत रहेका कोबायाशी काजुहिरो र नागइ मान्बुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    राष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवम् मैत्रीपूर्णसम्बन्ध रहेको बताएको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सो अवसरमा राष्ट्रपति पौडेले नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास तथा सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend