logo

२०८३ साउन १४ बिहिबार

टुँडिखेलमा गौरा पर्वमा प्रधानमन्त्रीदेखि नेतासम्मको देउडा नाच

टुँडिखेलमा गौरा पर्वमा प्रधानमन्त्रीदेखि नेतासम्मको देउडा नाच


हाम्रो राष्ट्र
  • बिहिबार, ७ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका छन् । काठमाडौंको टुँडिखेलमा बिहीबार विशेष समारोहको आयोजना गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायत सहभागी भएका थिए ।

    उनीहरूले टुँडिखेलमै देउडा गीत गाउँदै र नाच्दै रमाइलो गरेका छन् । साथै महिलाहरूले सुदूरपश्चिमको सांस्कृति रुपमा परम्परागत पोशाक लगाएर देउडा नाचेका छन् । यो पर्व चन्द्रमास अनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend