logo

२०८३ साउन १४ बिहिबार

बागमती क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

बागमती क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रादेशिक संघको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खड्काले बागमती प्रदेशका ४ जिल्लाको समर्थनसहित प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    खड्कालाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने घोषणा गरेका छन् । बागमती प्रादेशिक क्रिकेट संघको चुनाव भदौं १५ गते हुँदैछ ।

    उनले क्रिकेटको प्रादेशिक संरचनालाई बलियो बनाउने आफ्नो लक्ष्य रहेको बताए । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्य समितिको चुनाव आगामी असोज पहिलो साता हुने तय भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend