logo

२०८३ साउन १४ बिहिबार

सुन तस्करीका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए सहयोग गर्न सीआईबीको अनुरोध

सुन तस्करीका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए सहयोग गर्न सीआईबीको अनुरोध


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए ब्यूरोमा पठाएर सहयोग गर्न अनुरोध गरेको छ ।

    ब्यूरोले सूचना जारी गरी सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्ष रूपमा आई उपलब्ध गराउन वा इमेलमार्फत पनि पठाउन सकिने बताए । सूचनाले अपराध अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो ।

    यसरी प्राप्त भएको जानकारी वा सूचनाको श्रोत गोप्य रहने पनि ब्यूरोले जनाएको छ । सीआईबीले एक महिना अघि भन्सार छली ल्याइएको सुनको सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend