logo

२०८३ साउन १४ बिहिबार

बागमतीमा जलयात्रा

बागमतीमा जलयात्रा


हाम्रो राष्ट्र
  • शनिबार, ९ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । बागमती नदीमा जलयात्रा गरिएको छ । नेपाल नदी संरक्षण संस्था, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिस (नारा) र फेन्ड्स क्लब कुपन्डोलको आयोजनामा शनिबार बिहान ‘बागमती नदी महोत्सव जलजात्रा’ गरिएको हो ।

    यसक्रममा बागमती नदीमा र्‍याफ्टिङ गरिएको थियो । बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित जलजात्राको २३औँ संस्करणका रूपमा मनाइएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

    ललितपुरको कुपन्डोलस्थित बागमती पुलछेउबाट शनिबार बिहान ७ बजेदेखि सुरू भएको महाजलजात्राअन्तर्गत सुन्दरीघाटसम्म र्‍याफ्टिङ गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend