logo

२०८३ साउन १५ शुक्रबार

अभिनेता सानु ताम्राकारको निधन

अभिनेता सानु ताम्राकारको निधन


हाम्रो राष्ट्र
  • शनिबार, ९ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अभिनेता सानु ताम्राकारको ७४ वर्षको उमेरमा निधन भएको छ । दिवङ्गत अभिनेता सारुक ताम्राकारका पिता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।

    नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए । उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ । सानु शास्त्रीय नृत्यमा पारंगत थिए । उनले थुप्रै नेपाली फिल्ममा अभिनय गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend