logo

२०८३ साउन १४ बिहिबार

ललिता निवास प्रकरणमा संगठित अपराधमा नचल्ने, कीर्तेमा २९० जनाविरुद्ध मुद्दा दर्ता

ललिता निवास प्रकरणमा संगठित अपराधमा नचल्ने, कीर्तेमा २९० जनाविरुद्ध मुद्दा दर्ता


हाम्रो राष्ट्र
  • आइतबार, १० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा संलग्नहरुलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले संगठित अपराधमा मुद्दा नचलाई कीर्ते गरेको अभियोगमा मुद्दा चलाउने निर्णय गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले(सीआईबी) ले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

    संगठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएकाले कीर्तेमा मात्र मुद्दा चलाइएको हो । यस प्रकरणमा सरकारी कीर्तेमा २९० जनालाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको हो । सरकारी किर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । सीआईबीले २८६ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend