logo

२०८३ साउन १५ शुक्रबार

सन्दीपको मुद्दा ‘हेर्न नभ्याइने’मा

सन्दीपको मुद्दा ‘हेर्न नभ्याइने’मा


हाम्रो राष्ट्र
  • आइतबार, १० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज पनि सुनुवाइ भएन । जिल्ला अदालत काठमाडौंमा आज मुद्दा सुनुवाइका लागि पेसीमा चढेको थियो । तर, हेर्न नभ्याइनेमा परेपछि सुनुवाइ नभएको हो ।

    जिल्ला न्यायाधीश प्रकाश पण्डितको इजलासमा पेसी तोकिएको थियो । मुद्दाको पेसीका कारण सन्दीप एसिया कपका लागि नेपाली टिम पाकिस्तान गए पनि उनी जान पाएका थिएनन् । आजै उनी पाकिस्तान जाने बताइएको छ । ३० अगस्टमा पाकिस्तानको मुल्तानमा नेपालले पाकिस्तानसँग एसिया कपको उद्घाटन खेल खेल्दै छ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्ने छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend