logo

२०८३ साउन १५ शुक्रबार

एसिया कपका लागि सन्दीप सोमबार पाकिस्तान जाने

एसिया कपका लागि सन्दीप सोमबार पाकिस्तान जाने


हाम्रो राष्ट्र
  • आइतबार, १० भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । एसिया कपका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान जाने भएका छन् । सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीप पाकिस्तान जान लागेका हुन् ।

    सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ । नेपाल क्रिकेट संघले सन्दीप सोमबार बिहान पाकिस्तान जाने जनाएको छ । एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान गए पनि सन्दीप भने मुद्दाक कारण गएका थिएनन् ।

    प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend