logo

२०८३ असोज ७ बुधबार

पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुसीको कुरा होः सन्दीप लामिछाने

पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुसीको कुरा होः सन्दीप लामिछाने


हाम्रो राष्ट्र
  • सोमबार, ११ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तानमा प्रस्थान गरेका छन् । सोमबार बिहान लामिछाने पाकिस्तान प्रस्थान गरेका हुन् । उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।

    विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए । उनले एसिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिबद्धता जनाए ।

    उनले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुसीको पर्व भएको बताए । लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भारतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताए । नेपालले एसिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend