logo

२०८३ साउन १५ शुक्रबार

डोल्पाको दुनैस्थित सेनाको बेस क्याम्पका गुल्मपति सम्पर्कविहीन

डोल्पाको दुनैस्थित सेनाको बेस क्याम्पका गुल्मपति सम्पर्कविहीन


हाम्रो राष्ट्र
  • सोमबार, ११ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । डोल्पा सदरमुकाम दुनै नेपाली सेनाको बेस क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार पण्डित आइतबार साँझदेखि सम्पर्कविहीन भएका हुन् ।

    गुल्मपति पण्डितको खोजीमा डिएसपी शिवकुमार बुढाथोकीको कमान्डमा प्रहरी परिचालन गरिएको उनले बताए । उनी आफ्ना सुरक्षा गार्डलाई मसँग नआउन एक्लै जान्छु भनेर गएका थिए । पोखरेलले दुर्गम क्षेत्र भएकाले टेलिफोन नेटवर्कको समस्या हुँदा खोजी र सम्पर्क गर्न गाह्रो भएको जानकारी दिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend