logo

२०८३ साउन १५ शुक्रबार

राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त

राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त


हाम्रो राष्ट्र
  • सोमबार, ११ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले उनीहरुलाई सोमबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend