logo

२०८३ साउन १३ बुधबार

ओठमा चुम्बन गर्ने अध्यक्षकी आमा भोक हड्तालमा

ओठमा चुम्बन गर्ने अध्यक्षकी आमा भोक हड्तालमा


हाम्रो राष्ट्र
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.2K
    SHARES

    महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमा भोक हडताल थालेकी छन् । अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हडतालमा उत्रिएकी हुन् ।

    प्रशिक्षक रुबियाल्सले सहमतिमा ओठमा चुम्बन गरेको अभिव्यक्ति दिएपछि स्पेनी फुटबल महासङ्घका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका छन् ।महिला विश्वकप प्रतियोगिताको फाइनल खेलमा स्पेन विजयी भएपछि सिड्नीमा यही भदौ ३ गते आयोजित समारोहमा उनले खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका थिए ।

    प्रशिक्षक रुबियाल्सको अनुशासनहीन हर्कतबाट क्रुद्ध भएको अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले उनलाई ९० दिनका निम्ति निलम्बन गरेको छभने फिफा अनुशासन समितिले अनुसन्धान पनि थालेको छ । उनले सहमतिमा चुम्बन गरेको बताए पनि खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन् ।

    स्पेनले पहिलोपटक महिला विश्वकप प्रतियोगितामा हासिल गरेको विश्वविजेताको यो उपलब्धिलाई चुम्बन काण्डले ओझेलमा पारेको छ । विश्वकपअन्तर्गत अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो ।

    चुम्बन काण्ड चर्किएपछि स्पेनको राष्ट्रिय टोलीका खेलाडीहरूले अध्यक्ष रुबियाल्सले राजीनामा नगरेसम्म मेदानमा नफर्कने घोषणा गरेका छन् । उनकी आमा एन्जेल्स बेजारले आफ्नो छोराले न्याय नपाएसम्म मोट्रिलको दक्षिणी शहरको गिर्जाघरमा भोक हडताल जारी राख्ने सरकारी समाचार समिति इएफईलाई बताएकी छन् । खेलाडी जेनीले सत्य नबोलेको आरोप पनि उनले लगाएकी छन् ।

    स्पेनका फुटबलसम्बद्ध अधिकारीहरूले चुम्बन काण्डले देशको प्रतिष्ठा विश्वभर बिग्रिएको बताउँदै रुबियाल्सले राजीनामा गर्नु श्रेयस्क हुन बताएका छन् ।

    सरकारी अधिकारीहरूले सहमतिमा चुम्बन नगरिएको भए उनीविरुद्ध यौन हिंसाको मुद्दा दायर गर्न अभियोजकको कार्यालयले जेनीलाई सुझाएका छन् । उनलाई मुद्दा दायर गर्न १५ दिनको अवधि दिइएको छ । खेलकुदसम्बन्धी विवाद निरुपण गर्ने निकायले रुबियाल्सलाई पदमुक्त गर्ने अपेक्षा सर्वसाधारणले गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend