logo

२०८३ साउन १४ बिहिबार

पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा तीन जनाको मृत्यु

पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा तीन जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, १३ भाद्र २०८०
  • 1.1K
    SHARES

    बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीको तम्घासबाट बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापिएको हो । ढुङ्गा सहितको पहिरोले स्कारपियो गाडी पुरिँदा तीन जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिए ।

    मृतकको सनाखत हुन भने बाकी रहेको छ । गाडी भित्र अझै २÷३ जना च्यापिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ। जेसीबी बोलाइ सकेको र जेसिबीले पहिरो हटाएर उनीहरुको उद्दार गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

    प्रहरी र स्थानीयबासीले तत्काल ८ जना घाइतेलाई थप उपचारको लागि मिशन अस्पताल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend