logo

२०८३ साउन १४ बिहिबार

त्रिभुवन विमानस्थल भन्सारका प्रमुखदेखि कार्यालय सहयोगीसम्मले मागे सरुवा

त्रिभुवन विमानस्थल भन्सारका प्रमुखदेखि कार्यालय सहयोगीसम्मले मागे सरुवा


हाम्रो राष्ट्र
  • बुधबार, १३ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रमुखदेखि कार्यालय सहयोगीसम्मका सबै कर्मचारीले सामूहिक सरुवा माग गर्दै भन्सार विभागमा निवेदन दिएका छन् ।

    भन्सार अधिकृत रमेशकुमार खतिवडासहित १३७ जना कर्मचारीले सामूहिक सरुवा मागेका हुन् । केही दिनअगाडि मात्र जिल्ला सरकारी कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखी ६० किलो सुन तस्करी प्रकरणमा भन्सारका सबै कर्मचारीमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो ।

    ६० किलो सुन प्रकरणपछि काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सामूहिक सरुवा मागेका छन् । विभिन्न निकायले अनुसन्धान गर्ने नाममा दुःख दिएको, मानसिक तनाव भएको र बिनाप्रमाण थुनामा राख्ने काम भएको उनीहरूको गुनासो छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend