logo

२०८३ साउन १५ शुक्रबार

कमलविनायक–नगरकोट सडक ठेकेदारका कारण अलपत्र परेको हो, अब सरकारले सहँदैनः उपप्रधानमन्त्री श्रेष्ठ

कमलविनायक–नगरकोट सडक ठेकेदारका कारण अलपत्र परेको हो, अब सरकारले सहँदैनः उपप्रधानमन्त्री श्रेष्ठ


हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार बिहान कमलविनायक–नगरकोट सडकको अनुगमन गरेका छन् ।

    सडक अनुगमन गर्न गएका मन्त्री श्रेष्ठले अब सडक अलपत्र पार्ने ठेकेदारको कामलाई सरकारले नसहने बताएका छन् ।

    उनले भने, ‘अरु कारण होइन यसमा ठेकेदारको उपेक्षा छ । अब हामी सहँदैनौं । अब काम गरेर देखाउनुपर्यो । जनताका गुनासाको सम्बोधन हुनुपर्छ । काम हुन्छ ।’

    कमलविनायक–नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

    अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोली सहभागी भएको थियो ।

     

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend