logo

२०८३ साउन १४ बिहिबार

नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित


हाम्रो राष्ट्र
  • बुधबार, १३ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

    पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो ।

    नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २/२ विकेट लिए ।

    नेपालले पहिलो पटक एसिया कपका डेब्यू गरेको हो । नेपाली क्रिकेट टोलीले पहिलो पटक पाकिस्तानसँग खेलेको हो ।

    ६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले अर्को खेल भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend