logo

२०८३ साउन १५ शुक्रबार

भक्तपुरबाट दुई थान पेस्तोलसहित एकजना पक्राउ

भक्तपुरबाट दुई थान पेस्तोलसहित एकजना पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.8K
    SHARES

    भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गएराति एक जनालाई पक्राउ गरेको छ ।
    सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए  ।
    प्रहरीले माझीको साथबाट दुई थान कटुवा पेस्तोल, साही पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा४३प ९००० नम्बरको स्कुटर बरामद गरेको छ । माझीलाई पक्राउ गर्ने क्रममा उनको साथमा रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार भएको प्रहरीले जनाएको छ ।
    यसैबीच भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केकोपाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्ने क्रममा प्रहरीको गस्ती टोलीले दाङको बबई गाउँपालिका–२ घर भएका २४ वर्षीय पूर्णबहादुर खासुलाई पक्राउ गरेको छ ।
    बसमा आगजनी
    त्यसैगरी आज बिहान मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोक नजिक सडक छेउमा पार्किङ गरि राखेको बा४ख ६६६९ नम्बरको बसमा आगजनी गरिएको छ । कमलविनायकबाट रत्नपार्क जाने क्रममा भाडाको उक्त बसमा आगजनी गरेपछि प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend