logo

२०८३ साउन १४ बिहिबार

कराते संघको बागमती अध्यक्षमा लामा चयन

कराते संघको बागमती अध्यक्षमा लामा चयन


हाम्रो राष्ट्र
  • शनिबार, १६ भाद्र २०८०
  • 1.1K
    SHARES

    चितवन । नेपाल सितोरियो कराते सङ्घ बागमती प्रदेशको अध्यक्षमा गगन लामा चयन भएका छन् । सङ्घको शनिबार सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सङ्घका अन्य पदाधिकारी तथा सदस्य नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

    अधिवेशनले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सात प्रतिनिधि पनि चयन गरेको छ । सोमा प्रकाश मोहन धौभडेल (भक्तपुर), दीपक श्रेष्ठ (ललितपुर), ज्ञानबहादुर जिम्बा (काठमाडौँ), विजय गुरूङ (नुवाकोट), राधिका देउला (भक्तपुर), दीपक लामा (मकवानपुर) र दावा तामाङ (रसुवा) छन् ।

    नेपाल सितोरियो कराँते सङ्घ केन्द्रीय अध्यक्ष दावा गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य कल्पना पौडेल खड्का, सङ्घका केन्द्रीय उपाध्यक्ष मझिन्द्र सिंह तथा बागमती प्रदेशका १३ जिल्लाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend