logo

२०८३ साउन १३ बुधबार

महिला टी–ट्वान्टीमा भुटानलाई पराजित गर्दै नेपाल विजयी

महिला टी–ट्वान्टीमा भुटानलाई पराजित गर्दै नेपाल विजयी


हाम्रो राष्ट्र
  • आइतबार, १७ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

    आइतबार पहिले ब्याटिङ गर्दै भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य १३ दशमलव २ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाइन्।

    अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिए ।

    नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले अब मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । दुई मध्य एक खेलमा जित निकाल्न सके नेपाल सेमिफाइनल पुग्नेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend