logo

२०८३ साउन १३ बुधबार

जुम्लामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

जुम्लामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, १७ भाद्र २०८०
  • 1K
    SHARES

    जुम्ला । जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आइतबार जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

    नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा चालक मुगुको छायांनाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावलको मृत्यु भएको प्रहरी नावय उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

    जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend