logo

२०८३ साउन १५ शुक्रबार

लम्पी स्किन रोग नियन्त्रणमा आएको छ : मन्त्री भुसाल

लम्पी स्किन रोग नियन्त्रणमा आएको छ : मन्त्री भुसाल


हाम्रो राष्ट्र
  • आइतबार, १७ भाद्र २०८०
  • 923
    SHARES

     

    काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले  गाईभैँसीमा महामारीका रुपमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा आएको बताएका छन् ।

    सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले गाईवस्तुमा ठूलो सङ्क्रमणका रुपमा देखिएको लम्पी रोग पछिल्ला दिनमा घट्ने क्रममा रहेको जानकारी दिए ।

    सरकारले लम्पी स्किन रोगको उपचार र रोकथामका लागि सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरेको जनाउँदै मन्त्री भुसालले  रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी लगाउने व्यवस्था गरिएको जानकारी दिए ।

    अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएकामा नौ लाख १९ हजार चार सय १६ पशुलाई लगाई सकिएको सो अवसरमा जानकारी दिइयो ।

    पत्रकार सम्मेलनमा उपचारपछि निको हुने सङ्ख्या बढ्दै गएको  र बिरामी भएका १५ लाख १९ हजार सात सय ७९ मध्ये १३ लाख ९३ हजार पाँच सय ९५ निको भएको तथ्याङ्क प्रस्तुत गरियो । मन्त्रालयका अनुसार, अहिले मुलुकका विभिन्न जिल्लामा अझै ७३ हजार ६ सय ३६ पशु बिरामी अवस्थामा रहेका छन् ।

    महामारीका रुपमा रहेको लम्पी स्किनबाट ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भइसकेको छ । उक्त रोगबाट पशुको मृत्यु भएर क्षति व्यहोर्न परेका किसानलाई राहत उपलब्ध गराउन मापदण्ड तयार गरी सहमतिका लागि अर्थ र गृह मन्त्रालयमा पठाइएकामा अब छिट्टै निर्णय हुने मन्त्री भुसालले बताए ।

    कृषिमा आत्मनिर्भर हुन उत्पादन वृद्धि गर्नुका विकल्प नरहेको भन्दै उनले  बाँझो जमिनमा सिँचाइ संयन्त्र बढाएर उत्पादन बढाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । रासायनिक मलको आपूर्ति कृषिका लागि मुख्य समस्या हुने गरेकाले आफ्नो पहिलो ध्यान मल आयातमै केन्द्रित गरेको बताउँदै कृषिमन्त्री डा भुसालले १० वर्षको अवधिमा सबैभन्दा बढी मलको आयात यस वर्ष भएको जानकारी दिए ।

    नेपालीको खानाको ६७ प्रतिशत हिस्सा धानले ओगटे तापनि आवश्यकताभन्दा अझै १२ लाख ८० हजार मेट्रिक टन कम उत्पादन भएकाले चैते धान लगाइएको क्षेत्रफललाई वृद्धि अभियान सञ्चालन गर्न लागेको पनि सो अवसरमा जानकारी दिइयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend