logo

२०८३ साउन १५ शुक्रबार

वीर अस्पतालको छतबाट खसेर एकजनाको मृत्यु

वीर अस्पतालको छतबाट खसेर एकजनाको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । वीर अस्पतालको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    उनी आइतबार राति २ बजेतिर भवनबाट खसेको सीसीटिभी फुटेजमा देखिएको अस्पताले जनाएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रले मृतक पुरुषको हालसम्म पहिचान नखुलेको जानकारी दिएका छन् ।

    शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend