logo

२०८३ साउन १४ बिहिबार

कर्मचारीहरुको मनोबल घट्ने गरी जथाभावी टिप्पणी नगर्न बालेनलाई काठमाडौं प्रशासनको आग्रह

कर्मचारीहरुको मनोबल घट्ने गरी जथाभावी टिप्पणी नगर्न बालेनलाई काठमाडौं प्रशासनको आग्रह


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ड्युटीमा रहेका कर्मचारीहरुको मनोबल घट्ने गरी जथाभावी टिप्पणी नगर्न आग्रह गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरी कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन तर जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको हो ।

    विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सन्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु हुन र विभिन्न सामाजिक सन्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

    जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नु पर्ने नियमसमेत सम्झाएको छ ।

    गत शनिबार राति आफ्नी पत्नी सविनालाई ट्राफिक प्रहरीले जाँचका नाममा रोकेको भन्दै सिंहदरबारमा आगो लगाउने धम्की दिएका काठमाडौंका मेयर बालेन्द्र साहलाई प्रशासनले सामाजिक सञ्जालमा जथाभावी नलेख्न पनि आग्रह गरेको छ । पत्नी चढेको गाडी ट्राफिकले रोकेको रिसमा मेयर बालेन्द्रले दिए सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।

    प्रशासनले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् हुँदै आएको पनि जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend