logo

२०८३ साउन १३ बुधबार

क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको रकम उपलब्ध गराउन सांसद शाहीको माग

क्रिकेट खेलाडीलाई दिने घोषणा गरेको रकम उपलब्ध गराउन सांसद शाहीको माग


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरिएको रकम नदिएको भन्दै आपत्ति जनाएका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा शाहीले खेलाडीलाई दिने भनेर वाचा गरिएको १७ लाख नदिएको भन्दै तत्काल दिन माग गरेका हुन् । उनले भने, ‘क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकेर राखिएको छ ? भोको पेटले राष्ट्रवादलाई कति धान्ने ? प्रधानमन्त्रीले, खेलकुदमन्त्री र सचिवलायले छिटो उपलब्ध गराओस् ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend