logo

२०८३ साउन १३ बुधबार

एक दिवसीय क्रिकेटमा कुशलको एक हजार रन पूरा

एक दिवसीय क्रिकेटमा कुशलको एक हजार रन पूरा


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 962
    SHARES

     

    काठमाडौँ । नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक हजार रन पूरा गरेका छन् । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भइरहेको भारतविरुद्धको खेलमा उनले एक दिवसीय खेलमा एक हजार रन पूरा गरेका हुन् ।

    एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । भुर्तेलले ४६औं खेलमा एक हजार रन पूरा गरेका हुन् ।

    श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ पाएको राम्रो सुरुआत गरेको छ । अहिले ओपनर आसिफ शेख र कुशल भुर्तेल क्रिजमा छन् । यसअघि  नेपालका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend