logo

२०८३ साउन १५ शुक्रबार

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह पक्राउ

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह पक्राउ


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 1.9K
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् । कर्तव्यज्यान मुद्दामा स्वतन्त्र सांसद सिंहलाई सोमबार दिउँसो सप्तरीको राजविराजबाट पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रवीण पोखरेलले जानकारी दिएका छन् ।

    प्रहरीका अनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्यज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो ।

    २०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी फरार सूचीमा थिए । यादवकै निर्देशनमा तत्कालिन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो ।

    यस घटनामा जाहिरीपरेपछि यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend