logo

२०८३ साउन १४ बिहिबार

सरकारले जग्गा देओस्, महानगरले रंगशाला बनाउँछः मेयर साह

सरकारले जग्गा देओस्, महानगरले रंगशाला बनाउँछः मेयर साह


हाम्रो राष्ट्र
  • मंगलबार, १९ भाद्र २०८०
  • 936
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारले जग्गा उपलब्ध गराए काठमाडौं महानगरपालिकाले क्रिकेट रंगशाला बनाउने प्रस्ताव गरेका छन् ।

    श्रीलंकामा नेपाल र भारतबीचको खेल मैदानमै पुगेर प्रत्यक्ष हेरेपछि मेयर साहले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत जग्गा उपलब्ध भए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रस्ताव गरेका हुन् ।

    उनले भनेका छन्, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै (श्रीलंकाको जस्तै) रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ ।’

    उनले फ्यानको रूपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनका कर्मचारीले ’यति धेरै नेपालीहरू एक्कास्सि श्रीलंका किन आइरहेका छन् भनेर प्रश्न सोधेको जानकारी पनि दिएका छन् ।

    उनले भनेका छन्,’त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०–५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको संख्या १५०० देखि २००० को बीचमा थियो । नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड रुपैयाँ पुग्यो होला ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend