logo

२०८३ साउन १३ बुधबार

बालिका बलात्कार कसुरमा एक युवकलाई १८ वर्ष कैद सजाय

बालिका बलात्कार कसुरमा एक युवकलाई १८ वर्ष कैद सजाय


हाम्रो राष्ट्र
  • बुधबार, २० भाद्र २०८०
  • 1K
    SHARES

    उदयपुर । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र ६ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ । आरोपी  युवक बेलका नगरपालिका–५ बस्ने बर्ष १९ वर्षीय सुशान्त मगर हुन ।

    जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले यस्तो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले जानकारी दिए ।

    विस २०७८ फागुन १३ गते एक बालिकालाई निज मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।  प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend