logo

२०८३ साउन १३ बुधबार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो ।

    तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो । एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटेलमा लगेर बलात्कार गरेको भन्दै गतवर्षको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

    मुद्दाको टुङ्गो नलागेकै अवस्थामा सन्दीपले पाकिस्तान र बङ्गलादेश पुरेर एसिया कप खेली नेपाल फिर्ता भइसकेका छन् । सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ ।

    तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन । जिल्ला अदालतल थुनामा पठाएका सन्दीप उच्च अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend