logo

२०८३ साउन १३ बुधबार

थाइल्यान्डले नेपाललाई दियो १ सय ६ रनको लक्ष्य

थाइल्यान्डले नेपाललाई दियो १ सय ६ रनको लक्ष्य


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ भाद्र २०८०
  • 962
    SHARES

    काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न थाइल्यान्डले नेपाललाई १ सय ६ रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो । थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् ।

    नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए । आजको खेलमा नेपालले थाइल्यान्डलाई हराउन सकेमा पहिलो पटक ग्लोबल टी–२० छनोटमा पुग्नेछ । थाइल्यान्ड समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् ।

    अर्को सेमिफाइनलमा अहिले समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेलिरहेका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend