logo

२०८३ साउन १३ बुधबार

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश


हाम्रो राष्ट्र
  • आइतबार, २४ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सबै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

    आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ ।

    त्यस्तै, अदालतले कलाधर देउजासँग १५ लाख, विनोद पौडेलसँग १५ लाख, रुद्र कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, लोकरि घिमिरेसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग् ७ लाख ५० हजार, घमन कुमार कार्कीसँग ७ लाख ५० हजार, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, गोपाल कार्कीसँग ७ लाख ५० हजार, शिवजी भट्टसँग ३ लाख ३० हजार, ध्रुव प्रसाद अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग १ लख १० हजार, देवनारायण महर्जनसँग १ लाख १० हजार, सकलानन्द महर्जनसँग १ लाख १० हजार र सञ्जय कुमार महर्जनसँग १ लाख १० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

    अदालतले केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवास प्रकरणको मुद्दा भदौ १० गते मुद्दा दर्ता गरेको थियो । सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो । यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले २८९ जनालाई प्रतिवादी बनाएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend