logo

२०८३ साउन १३ बुधबार

जोकोभिचलाई ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि

जोकोभिचलाई ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि


हाम्रो राष्ट्र
  • सोमबार, २५ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय जोकोभिचले सोमबार बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् ।

    यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि हो । जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

    यसअघि विम्बल्डनको फाइनलमा स्पेनिस खेलाडी कार्लोस अल्कारेजसँग पराजित हुँदा जोकोभिचले कीर्तिमान बराबरी गर्न पाएका थिएनन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend