logo

२०८३ साउन १४ बिहिबार

नेपालगंज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी अधिकृत पक्राउ

नेपालगंज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी अधिकृत पक्राउ


हाम्रो राष्ट्र
  • सोमबार, २५ भाद्र २०८०
  • 1.1K
    SHARES

    नेपालगंज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको  २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत  कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

    सोमबार विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए ।

    उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend