logo

२०८३ साउन १३ बुधबार

नेप्सेमा उच्च अंकको बृद्धि

नेप्सेमा उच्च अंकको बृद्धि


हाम्रो राष्ट्र
  • सोमबार, २५ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । सोमबार नेप्से ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर बढेकोमा होटल, जलविद्युत्, लघुवित्त र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको प्रमोटर शेयर झन्डै आठ प्रतिशतले घटेको छ ।

    आज ४७ लाख ४२ हजार कित्ता शेयर एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको छ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend