logo

२०८३ असोज ८ बिहिबार

भन्सार छलेर लुकाएको आठ सय किलो काजु बरामद

भन्सार छलेर लुकाएको आठ सय किलो काजु बरामद


हाम्रो राष्ट्र
  • सोमबार, २५ भाद्र २०८०
  • 949
    SHARES

    रौतहट । भन्सार छली घरमा लुकाइ राखेका आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भ्यिाएर घरमा लुकाएको सूचनाको आधारमा सशस्त्र प्रहरीले आज छापामारी गरी काजु बरामद गरेको हो ।

    भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार बराबरको काजुलाई आवश्यक कारबाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend